युएईले प्रतिरक्षाको क्रममा तस्बिर तथा भिडिओ खिचेर सार्वजनिक गर्नेलाई पक्राउ गर्न थाल्यो
सोलुखुम्बुः युएईमा इरानले गरेको आक्रमणपछि त्यहाँको हवाई प्रतिरक्षा प्रणालीले नष्ट पार्दै गरेको तस्बिर तथा भिडिओ खिचेर सार्वजनिक गर्नेलाई युएईले पक्राउ गर्न थालेको छ । यसअघि युएई सरकार र त्यहाँको सुरक्षा निकायले भिडियो नखिच्न, सार्वजनिक नगर्न र कानुनको पालना गर्न सूचित गरेको थियो ।
अमेरिका र इजरायलले संयूक्त रुपमा इरानमा आक्रमण गरेपछि इरानले युएईसहित मध्यपूर्वी विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरेर ड्रोन र मिसाइल प्रहार गरिरहेको छ ।
त्यसको प्रतिकारका क्रममा तस्बीर र भिडिओ खिचेर सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सार्वजनिक गर्नेक्रम बढेपछि युएईले त्यस्ता व्यक्तिलाई पक्राउ गर्न थालेको हो । युएईको प्रतिरक्षा प्रणालीले निस्तेज पारेको फोटो र भिडिओ सार्वजनिक गर्ने कम्तिमा १० जना पक्राउ परेका पछिल्लो विवरण रहेको बीबीसीले जनाएको छ । पक्राउ पर्नेहरूबारे थप विवरण खुलाइएको छैन ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते

2026-08-02-12-18-02.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

