नेपालमा आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई मान्यता दिलाउन पहल, सङ्ख्या १४ पुग्ने
सोलुखुम्बुः नेपाल पर्वतारोहण संघले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढाएको जनाएको छ । सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सवका अवसरमा आईतवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष फुर गेल्जे शेर्पाले यस्तो जानकारी दिनुभएको हो । उहाँले थप ६ वटा हिमालको अन्तर्राष्ट्रिय मान्यताका लागि आवश्यक काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
उहाँकाअनुसार यो प्रक्रिया सफल भए आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्ने । जसमध्ये आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल नेपालमै हुने उहाँको भनाइ छ । उहाँले नेपालको पर्वतीय पर्यटन विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै यसमा सरकार, पर्वतारोहणसम्बन्धी संघसंस्था तथा सरोकारवालाको संयुक्त योगदान रहेको रहेको समेत बताउनुभयो ।
अध्यक्ष शेर्पाले सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउँदै नेपाल पर्वतारोहण संघ स्थापनाकालदेखि नै देशको पर्वतारोहण क्षेत्रको विकासमा सक्रिय रहेको बताउनुभयो । नेपाल सरकारले जारी गर्ने हिमाल तथा चुचुरोको सूची तयार पार्न समेत नेपाल पर्वतारोहण संघको भुमिका रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो अहिले एक सय वटा हिमालको प्रश्तावना हामीले तयार पारिरहेका छौँ । त्यति मात्र नभएर अहिले हामी ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल रहेकोमा हामीले यसपटक थप ६ वटा हिमालको अन्तर्राष्ट्रिय रिकजनाइजेशनको लागि काम गरिरहेका छौँ । यससँगै आठ हजारभन्दा बढी २० वटा हिमाल हुनेछन् । यो कार्य सफल भएको खण्डमा आठ हजार मिटरभन्दा ठूला १४ वटा हिमाल नेपालमै हुनेछन् । यो कार्य अन्तिम चरणमा पुगेको छ, यसको डकुमेन्टेसनको काम भइरहेको छ ।’
यसअघि पर्यटन विभागले आफ्नो पिक–प्रोफाइलमा थप्दै ल्होत्से सार (८,४०० मिटर) र ल्होत्से सेन्टर (८,४१० मिटर)लाई आधिकारिक मान्यता दिइसकेको छ । साथै ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा चारवटा नयाँ शिखर पहिचान भएका छन् । जसमा कञ्चनजंगा सेन्टर (८,४७३ मिटर), कञ्चनजंगा साउथ (८,४७६ मिटर), यालुङखाङ (८,५०५ मिटर) र यालुङखाङ वेस्ट (८,०७७ मिटर) रहेका छन् ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते



2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

