लुक्ला विमानस्थलमा बढ्यो पर्यटकको चहलपहल
सोलुखुम्बुः पर्यटकीय सिजन सुरु भएसँगै सोलुखुम्बुको तेन्जिङ–हिलारी विमानस्थल (लुक्ला) मा पर्यटकको चहलपहल बढेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार, पछिल्लो एक सातामा मात्रै ३ सय ५३ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका छन्। सगरमाथा क्षेत्र पदयात्रा तथा हिमशिखर आरोहणका लागि विश्वभरि नै प्रख्यात रहेकाले अनुकूल मौसम सुरु हुनासाथ यहाँ पर्यटकको चाप बढ्ने गर्दछ।
नयाँ पर्यटक आउने क्रम बढेसँगै खुम्बु भ्रमण सकेर फर्किनेहरूको आवागमन पनि बाक्लिएको छ। यही अवधिमा भ्रमण सम्पन्न गरी लुक्लाबाट १ सय १२ जना पर्यटक हवाई जहाजमार्फत काठमाडौं फर्किएका छन्। दिनप्रतिदिन आन्तरिक र बाह्य पर्यटकको संख्या थपिँदै जाँदा विमानस्थल आसपासका क्षेत्र र मुख्य पदमार्गहरूमा उनीहरूको उल्लेख्य उपस्थिति देखिन थालेको प्रहरीले जनाएको छ।
पर्यटकको आगमनमा वृद्धि भएपछि खुम्बु क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उत्साह थपिएको छ। यसअघि अफसिजनका कारण बेँसी झरेका होटल तथा पर्यटन व्यवसायीहरू सिजन सुरु भएसँगै पुनः आफ्नै कार्यक्षेत्रमा फर्किएका छन्। यसले गर्दा उक्त क्षेत्रका होटल, लज र समग्र पर्यटन बजारमा व्यापारिक चहलपहल र आर्थिक गतिविधि चलायमान हुन थालेको छ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते


2026-08-24-07-38-54.jpeg)
2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

