बिहीबार, ८ असोज, २०८३ (1789668900)
शुक्रबार असोज २, २०८३

दुधकोशी नदिमा पानीको बहाव उच्च, माप्यका ३ परिवारलाई सुरक्षित स्थानमा सारियो 

सोलुखुम्बु :  दुधकोशी नदिमा पानीको बहाव उच्च भएको छ ।  खरिखोला पारी जुभिङमा ठुलो पहिरो खसेको र राउँजे खोला थुनिएको हुन सक्ने भएको पानीको जलसतह बढेको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरले बताउनुभयो ।
 त्यस क्षेत्रमा अहिले भिषण वर्षा भइरहेको छ । नदि तटिय क्षेत्रमा रहेका ३ घरपरिवार सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक नवीन राजा बुढाथोकी जानकारी दिनुभयो । रातकोे समय भएकाले नदि तटिय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सावधानी अपनाउन प्रहरीले आग्रह गरिएको छ ।