खोङमा ला पासको जोखिमयुक्त बाटो निर्माण सम्पन्न, आवतजावत सहज
सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित खोङमा ला पास जाने जोखिमयुक्त बाटोको निर्माण कार्य सम्पन्न भएको छ। अब ट्रेकिङ तथा स्थानीयको यात्रा थप सुरक्षित र सहज हुने भएको हो ।विश्वप्रसिद्ध ‘थ्री पास’ ट्रेकिङ रुटमा पर्ने तीन पासहरूमध्ये एक महत्वपूर्ण पासको रूपमा रहेको खोङमा ला पासको बाटो निर्माण भएसँगै आवतजावत सहज र सुरक्षित भएको गाउँपालिका स्रोतले जनाएका छ ।समुन्द्र सतहबाट ५,००० मिटरभन्दा माथिको उचाइमा अवस्थित उक्त पाससम्मको बाटो अघिसम्म अत्यन्तै जोखिमयुक्त थियो। तर खुम्बु पासाङल्हामु गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा १० लाख रुपैयाँ विनियोजन गरी बाटो निर्माण सम्पन्न गरेको हो।
स्थानिय बासिन्दा गाइड तथा होटल ब्यवसाहिहरुले बाटो निर्माणसगेँै राहतको महसुस गरेका छन् ।अघिसम्म यात्रुहरु दैनिक जोखिम मोल्दै बाटो पार गर्न बाध्य थिए मौसम प्रतिकुल हुदाँ चिप्लिएर लडने सम्भावना थियो तर अहिले भने उक्त जोखिम न्युन हुदैँ गएको गाउँपालिकाले जनाएको छ ।खुम्बु पासाङल्हामु गाउँपालिका तथा पदयात्रा प्रवद्र्धन समितिको सक्रियतामा भएको यो कार्यले पर्यटक, गाइड र स्थानीयको आवागमनमा सहजता ल्याउनुका साथै ‘थ्री पास ट्रेक’लाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

