सोलु हाइड्रोपावरले सेयर आवेदनका लागि सकलन केन्द्र थप्यो
सोलुखुम्बुः सोलु हाइड्रोपावर लिमिटेडले सकंलन केन्द्रहरू थपेको छ । सर्वसाधारण तथा स्थानीय लगानीकर्तालाई सहज बनाउने उद्देश्यले सेयर आवेदनका लागि नयाँ सकलन केन्द्रहरू थपेको हो । कम्पनीले लक्ष्मी सनराइज बैक लिमिटेड , किन्जा थुलुङ दुधकोशी , सल्लेरी शाखा ,नबिल बैक लिमिटेड , नाम्चे बजार शाखा , सिद्धार्थ बैक लिमिटेड , लुक्ला शाखा कृषि विकास बैक लिमिटेड सोताङ शाखा , नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेट नक्साल काठमाडौ आवेदन सकलन केन्द्रका रूपमा थप गरेको छ
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गरेको हो । जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि १ करोड कित्ता सेयर छुट्याइएको छ । सोलुखुम्बुको दुधकुन्ड नगरपालिका ७ र ११ तथा थुलुङ दुधकोशी गाउँपालिका १ का स्थानीयबासीलाई ४० लाख कित्ता, यी दुई पालिकाका ती वडाबाहेक अन्य वडालाई ६० लाख कित्ता सेयर छुट्याइएको छ । वैदेशिक रोजगारमा रहेकालाई १० लाख कित्ता सेयर छुट्याइएको छ । प्रभावित र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रभावितका लागि छिटोमा मंसिर २१ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण सेयर बिक्री नभएमा पुस ७ गतेसम्म आवेदन खुल्ने छ । त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई छिटोमा मंसिर १० र सो अवधिसभित्र सम्पूर्ण सेयर बिक्री नभएमा मंसिर २१ गतेसम्म आवेदन खुल्नेछ । कम्पनीले सेयर मंसिर ७ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको हो। कम्पनीले सोलुखुम्बुमा ऊर्जा उत्पादन क्षेत्रमा स्थानीयको प्रत्यक्ष सहभागिता बढाउन तथा लगानीको पहुँच विस्तार गर्न सेयर निष्कासन महत्वपूर्ण हुने अपेक्षा व्यक्त गरेको छ। यो कम्पनीले सोलुखुम्बु जिल्लामा तल्लो सोलु जलविद्युत् आयोजना निर्माण गरेको छ । रन अफ रिभर प्रकृतिको उत्पादनमा आधारित यस आयोजना ८२ मेगावाट क्षमताको छ । आयोजना सम्पन्न भएको कम्पनीले जनाएको छ ।
ब्याजसहित आयोजनाको कुल लागत १६ अर्ब ३० करोड रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ छ । आयोजनाबाट व्यापारिक उत्पादन सुरु भइसकेको कम्पनीले जनाएको छ। आर्थिक वर्ष २०८०÷८१ सम्म कम्पनीको प्रतिसेयर आम्दानी २३ पैसा छ ।
त्यस्तै प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ छ । जगेडा कोषमा १ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । आयोजनाबाट साधारण लगानी फिर्ता हुने अवधि (अनुमानित) ६.७८ वर्ष रहेको छ । सेयर पूँजीबाट ८ अर्ब रुपैयाँ जुटाउने कम्पनीको हाल ऋण १० अर्ब ६० करोड रुपैयाँ छ । कम्पनीले इक्रा नेपालबाट बीबी प्लस रेटिङ पाएको छ । यसले दायित्व बहनमा मध्यम स्तरलाई जनाउँछ । विद्युत् उत्पादन बहाल रहने अवधि वि.सं. २१०६ चैत ४ रहेको छ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

