थामेका लागि कोशी प्रदेशले पठाएको पाइप आइपुग्यो
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा बाढीका कारणले क्षति भएको खानेपानी योजनाहरूको मर्मतका लागि कोशी प्रदेश सरकारबाट खानेपानीको पाइप प्रदान गरिएको छ । कोशी प्रदेश सांसद एवं पूर्व मन्त्री बुद्धि कुमार राजभण्डारीको पहलमा कोशी प्रदेश सरकारबाट थामेका साम्दे र हुंगु खानेपानी योजना पुन निर्माणका लागी पाइप प्रदान गरिएको हो ।
बाढीले क्षति पु¥याएको खानेपानी मर्मतका लागी कोशी प्रदेश सरकारबाट ५० एम एमको ८ सय मिटर, ४० एम एमको १५ सय मिटर र ३२ एम एमको एक हजार मिटर पाइप विराटनगरबाट सोलुखुम्बुको सदरमुकाम सल्लेरी आइपुगेको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताउनु भएको छ ।
प्रदेश सरकारबाट प्राप्त पाइप हाल फाप्लु एयरपोर्टमा रहेको र मौसम सुधार भए पश्चात प्रभावित क्षेत्र लैजाने तयारी रहेको वडा अध्यक्ष अधिकारीको भनाई रहेको छ ।
ताजा खबर
सबै- कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन २ पालिकामा सम्पन्न
- सोलुखुम्बुमा मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु
- सोलुखुम्बुमा ७० वटा ट्राफिक सचेतना कार्यक्रम, एक हजारभन्दा बढी लाभान्वित
- नेपाली कांग्रेसको १५औं महाधिवेशनः सोलुखुम्बुका ५२ वटै वडामा निर्वाचित सभापतिहरूको नामावली
- टाप्टिङमा जंगली भालुको आक्रमणबाट ५१ वर्षीय शेर्पा घाइते
2026-07-17-10-18-50.2026-09-16-07-43-52.jpeg)

2026-09-20-07-38-31.jpeg)

2026-09-19-06-40-41.jpeg)

